फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ, कुनै अलमल छैन -गगन थापा

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ, कुनै अलमल छैन -गगन थापा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेमा कुनै दुविधा नरहेको स्पष्ट पारेका छन् ।

संविधानलाई सही मार्गमा फर्काउने यो नै एक मात्र बाटो भएको भन्दै कांग्रेस निर्वाचनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनकाे भनाइ छ । सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले भनेका छन्- ‘फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ। संविधानलाई सही मार्गमा ल्याउने यही एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन।’

उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पनि यही निर्णय रहेको र यस विषयमा पार्टीभित्र कुनै अलमल छैन । कांग्रेस निर्वाचनमा भाग मात्र लिने नभई यसलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

यद्यपी निर्वाचनअघि कांग्रेस अधिवेशन गर्नुपर्ने महामन्त्री थापाको अडान छ । ‘निर्वाचनअघि अधिवेशन गर्नु पर्छ, किनकि अधिवेशनबाट आउने नेपाली कांग्रेसको नीति र नेतृत्वले मात्र हामीलाई निर्वाचन लड्न योग्य बनाउँछ भन्ने हाम्रो अडान हो।
अहिलेको छलफल र अलमल यही विषयमा मात्र हो, फागुन २१ गतेको निर्वाचनका बारेमा होइन।’ उनले भनेका छन् ।

Skip This
Skip This
Logo