काठमाडौं

ठेक्का सम्झौता अनुसार तोकिएको समयसीमा भित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । "/>

काम नगर्ने ठेकेदारविरुद्ध गृह मन्त्रालय : ७० जिल्लाबाट नाम संकलन

काम नगर्ने ठेकेदारविरुद्ध गृह मन्त्रालय : ७० जिल्लाबाट नाम संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

ठेक्का सम्झौता अनुसार तोकिएको समयसीमा भित्र काम नगर्ने ठेकेदार र उनीहरू सम्बद्ध कम्पनीहरूको नाम गृह मन्त्रालयले संकलन गरेको छ । अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले सम्झौता अनुसार काम नगर्ने ठेकेदार र कम्पनीलाई कारबाही गर्न सरोकारवाला निकायलाई नाम संकलन गरी पठाउन निर्देशन दिए बमोजिम ७० जिल्लाबाट ठेकेदार र उनीहरू आबद्ध कम्पनीको नाम प्रमुख जिल्ला अधिकारी मार्फत प्राप्त भएको हो । धनुषा, कालिकोट, जाजरकोट, डोल्पा, हुम्ला सहित सात जिल्लाबाट भने मन्त्रालयमा नाम आउन बाँकी छ ।

‘अहिले सम्म सम्झौता अनुसार काम सम्पन्न नगर्ने ठेकेदार र उनीहरूका कम्पनीहरुको नामसहितको रिपोर्ट ७० जिल्लाबाट मन्त्रालयमा आइसकेको छ । प्राप्त रिपोर्ट माथि विश्लेषण गर्दैछौं,’ मन्त्रालयका उपसचिव एकदेव अधिकारीले भने, ‘अब सात जिल्लाबाट मात्रै नाम आउन बाँकी छ ।’ उनका अनुसार सरकारका विभिन्न निकायबाट विभिन्न भौतिक पूर्वाधार निर्माणका लागि ठेक्का लिएका ठेकेदार र कम्पनीहरूको नाम र कार्य प्रगति विवरण मन्त्रालयले जिल्ला जिल्लाबाट मागेको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo