काठमाडौं

जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार आज रिहा हुने भएका छन् । "/>

बालकृष्ण ढुंगेललाई रिहा गर्न राष्ट्रपतिको स्वीकृति !

बालकृष्ण ढुंगेललाई रिहा गर्न राष्ट्रपतिको स्वीकृति !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

जनयुद्धको समयमा व्यक्ति हत्याको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएर जेल गएका तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेल गणतन्त्र दिवसका अवसरमा मंगलबार आज रिहा हुने भएका छन् । बालकृष्णलार्इ आममाफी दिने गरी सरकारले रिहाईको लागि गरेको सिफारिसलार्इ स्वीकृत गर्दै राष्ट्रपतिको कार्यालयले गृहमन्त्रालयलार्इ पत्र पठाएपछि ढुंगेल गणतन्त्र दिवसका दिन रिहा हुन लागेका हुन् ।

सर्वोच्च अदालतले द्वन्द्वकालिन घटना सम्बन्धी एक मुद्दामा जेलमा रहेका पूर्वसभासद बालकृष्ण ढुंगेलको सजायँ माफी दिने विषयको सक्कल फाइल पेश गर्न सरकारलाई आदेश दिएकै दिन राष्ट्रपतिले ढुंगेलको रिहार्इका लागि स्वीकृति दिएकी छिन् । सशस्त्र द्वन्द्वका बेला २०५५ सालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा ढुंगेललाई जिल्ला अदालत ओखलढुंगाले २०६१ सालमै सर्वस्वसहित जन्मकैदको सजायँ सुनाएको थियो ।

त्यसपछि पक्राउ परेर कैद सजायँ भुक्तान गरिरहेका बेला पुनरावेदन अदालतले फैसला उल्ट्याइदिएपछि उनी रिहा भएका थिए । त्यसपछि तत्कालिन माओवादीकातर्फबाट २०६४ सालको पहिलो संविधानसभा सदस्यमा उनी ओखलढुंगाबाट निर्वाचित समेत भएका थिए । २०६६ सालमा सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरेपछि भने उनी ‘‘फरार अभियुक्त’ बने । तर राजनीतिक रूपमा भने उनी निरन्तर सक्रिय देखिन्थे ।

सर्वोच्चले बारम्बार ताकेता गर्दा पनि प्रहरीले पक्राउ गर्न आनाकानी गरिरहेकामा अदालतको आदेश कार्यान्वयन नगरेको भन्दै २०७४ कात्तिक ७ मा प्रहरी प्रमुखविरुद्ध अवहेलना मुद्दा दायर भएपछि ढुंगेल पक्राउ परेका थिए ।
अन्नपूर्णबाट

 

Skip This
Skip This
Logo