काठमाडौं
प्रदेश एक वैदेशिक रोजगारीबाट सबैभन्दा बढी रेमिट्यान्स आम्दानी गर्ने प्रदेश भएको छ । देश संघीय संरचनामा गएपछि रोजगारीका लागि विदेश जाने युवाको संख्यालाई हेर्दा प्रदेश नम्बर एक अगाडि देखिएपछि रेमिट्यान्स पनि सोही प्रदेशमा बढी आउने देखिएको हो ।
समाजशास्त्री एवम् वैदेशिक रोजगारविज्ञ गणेश गुरुङ प्रदेश १ का धेरै युवा कोरिया, इजरायल तथा बु्रनाई जस्ता धेरै तलब आउने देशमा जाने गरेका कारण अन्य प्रदेशको तुलनामा धेरै रेमिट्यान्स भित्रने बताउँछन् । “प्रदेश २ को तुलनामा प्रदेश १ बाट १ प्रतिशत बढी युवा मात्र विदेश गएको देखिए पनि आउने रेमिट्यान्स हिस्सा बढी हुन्छ,” उनले भने, “प्रदेश २ का धेरैजसो युवा कम तलब सुविधा भएका मुलुकमा गएका कारण पनि कम रेमिट्यान्स आउने देखिन्छ ।”
विगत ९ वर्षको तथ्यांक हेर्दा रोजगारीका लागि विदेश जाने अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी प्रदेश १ का युवा विदेश गएको देखिन्छ । वैदेशिक रोजगार विभागले हालै सार्वजनिक गरेको रोजगारीका लागि श्रम आप्रवास प्रतिवेदन २०१६÷२०१७ मा उल्लेख गरिए अनुसार प्रदेश १ बाट मात्र २५.५१ प्रतिशत युवा विदेश जाने गरेको देखिएको छ ।
कारोबारबाट































प्रतिक्रिया