काठमाडौँ

सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । "/>

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

आठ महिनामा ७२ मेगावाट बिजुली थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिन थालेपछि चालु आर्थिक वर्षको फागुनसम्ममा ७२ मेगावाट बिजुली थपिएको छ । निजी क्षेत्र र नेपाल विद्युत प्राधिकरणबाट निर्माण भएका आयोजनाबाट उक्त परिमाणमा बिजुली थपिएको हो । चालु आर्थिक वर्ष ०७४, ७५ को आठ महिनामा ७२ मेगावाट बिजुली थपिइसकेको छ । बाँकी पाँच महिनामा त्यत्तिकै परिणाम बराबरकोे बिजुली थपिने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा नौ सय ७२.५ मेगावाट क्षमताका आयोजना निर्माण भएका थिए । चालु आर्थिक वर्षको फागुन सम्ममा एक हजार ४४. ५ मेगावाट क्षमताका आयोजना निर्माण भइसकेको सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल ११ किलोमिटर मात्र प्रसारण लाइन निर्माण भएको छ । फागुन सम्ममा कुल तीन हजार चार सय ९४ किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । गत आर्थिक वर्षको अन्त्य सम्ममा तीन हजार चार सय ८३ किलोमिटर प्रसारण लाइन निर्माण भएको थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo