काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले ‘गेट आउट’ भनेर नहट्ने बताएका छन् । "/>

देउवाले भने- अझै ३ वर्ष म नै सभापति, कसैले गेट आउट भनेर हट्दिन !

देउवाले भने- अझै ३ वर्ष म नै सभापति, कसैले गेट आउट भनेर हट्दिन !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निर्वाचित सभापति भएको भन्दै कसैले ‘गेट आउट’ भनेर नहट्ने बताएका छन् । नेपाल प्रेस युनियनको २७ औँ वार्षिकोत्सवलाई आइतबार सम्बोधन गर्दै देउवाले अब तीन वर्ष सभापतिमै रहने र फेरि पनि लड्ने संकेत गरे । ‘म निर्वाचनबाट सभापतिमा जितेको हुँ । समय नहुँदै कसैले गेट आउट भन्दैमा आउट हुने कुरा हुँदैन,’ उनले भने, ‘अब तीन वर्ष अझै मेरो कार्यकाल छ । त्यसमा पनि प्रतिस्पर्धा हुन्छ ।’

कांग्रेस यसअघि एमाले र माओवादी नमिल्दा पनि पराजित हुने गरेको भन्दै देउवाले यसपटक उनीहरू मिल्दा हार्नु स्वभाविक भएको बताए । ‘अरू कारणले कांग्रेस हारेको होइन,’ उनले भने, ‘पहिले पनि कम्युनिस्टहरू नमिल्दा पनि कांग्रेसले निर्वाचन हार्ने गथ्र्यो । यसपटक उनीहरू मिल्दा निर्वाचन हारिएको हो ।’ निर्वाचनमा भोग्नुपरेको पराजयलाई रचनात्मक ढंगले स्वीकार्दै अब पार्टीको सुदृढीकरण र नवनिर्माण गर्ने गरी अघि बढ्नुपर्ने बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo