काठमाडौँ। गरिमा विकास बैंक लिमिटेडले १९ औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ मिति २०८२ मंसिर ६ गते, शनिबारका दिन गरिमा रोड रेशको दोस्रो संस्करण आयोजना गर्न लागेको छ । बैंकले गत वर्षदेखि शुरु गरेको गरिमा रोड रेश प्रतियोगिता खुला (महिला तथा पुरुष) तर्फ १० किलोमिटर, कर्पोरेट (महिला तथा पुरुष) तर्फ ५ किलोमिटर र भेट्रान (महिला तथा पुरुष) तर्फ पनि ५ किलोमिटरको हुनेछ ।
गत वर्ष खुला र कर्पोरेट विधामा मात्र रोड रेस प्रतियोगिता आयोजना भएकोमा यस वर्ष महिलातर्फ ४५ वर्ष र पुरुषतर्फ ५० वर्ष उमेर पार गरेका प्रतियोगीहरुलाई समेट्ने उद्देश्यले भेट्रान विधा थप गरेको छ । कुल १ हजार जना प्रतियोगी सहभागी हुने अपेक्षा गरिएको गरिमा रोड रेस, २०८२ मा सहभागी प्रतियोगीहरुमध्ये खुलातर्फको दुवै समूहको विजेताले जनही रु.५० हजार र कर्पोरेट र भेट्रान तर्फ जनही रु.३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
खुला तर्फ दोस्रो स्थान हाँसिल गर्नेले रु.३५ हजार तृतीय स्थान हासिल गर्नेले रु.२० हजार, चौथो स्थान हासिल गर्नेले रु.१५ हजार र पाँचौं स्थान हासिल गर्नेले रु.१० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । कर्पोरेट र भेट्रान तर्फ पनि क्रमशः दोस्रो, तृतीय, चौथो र पाँचौं स्थानमा रहेका प्रतियोगीहरुले रु.२० हजार, रु.१४ हजार, रु.१० हजार र रु.७ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
खुला तर्फको रोड रेस प्रतियोगिता काठमाण्डौको बालुवाटार स्थित बैंकको प्रस्तावित केन्द्रीय कार्यालय भवन परिसरबाट शुरु हुने बैँकले जनाएको छ । प्रतिस्पर्धा बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ को कार्यालय भवन पुगेर पुनः सोही बाटो हुँदै बालुवाटार कार्यलयमा समापन हुने छ ।
कर्पोरेट र भेट्रान तर्फको प्रतिस्पर्धा पनि सोही स्थानबाट शुरु भई बाँसबारी स्थित न्युरो अस्पताल पुगेर पुनः सोही बाटो हुँदै बालुवाटारकै कार्यलयमा समापन हुने बैकले जनाएको छ । प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ । इच्छुक धावकहरुले प्रतियोगितामा २०८२ कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म खल्ती एप मार्फत रु.२० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन्। प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ ।
गरिमा रोड रेश २०८१ मा ओलम्पिक धावक सन्तोषी श्रेष्ठ सहित कुल ६५० प्रतिस्पर्धीको सहभागिता रहेकोमा यस वर्ष समेत प्रतियोगीहरुको उल्लेख्य सहभागिता हुने बैंकले विश्वास लिएको छ । यो वर्षको रेसलाई गतबर्षको भन्दा छुट्टै किसिमले हेरिएको छ ।































प्रतिक्रिया