काठमाडौँ

३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बताएका छन् । "/>

गोरेले बयानमा कसलाई पोले, कसलाई जोगाए ?

गोरेले बयानमा कसलाई पोले, कसलाई जोगाए ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करीमा प्रहरीसहित ठूलो सञ्जाल क्रियाशील हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा ३० पृष्ठ लामो बयान दिँदै गोरेले तस्करीमा कुनै राजनीतिक नेताको नाम नलिई ‘ठूला मान्छे’ को संलग्नतालाई संकेत गरेका छन् । बयानमा उनले एसएसपी श्याम खत्रीको नामै लिएर तस्करीमा उनको संलग्नतालाई स्विकारेका छन् ।

बयानमा गोरेले भनेका छन्, ‘म सुन तस्करीमा सहयोग गर्ने तल्लो तहको मानिस भएकाले लेखिए बमोजिम बिगो कायम हुने होइन । म भन्दा माथिल्लो तहका सुन तस्करीका नाइके प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ । को को संलग्न छन् यकिन भन्न सक्दिनँ ।’

गोरेले विमानस्थलमा एसएसपी खत्री आफ्ना मुख्य सहयोगी रहेको खुलाएका छन् । खत्री संलग्नताबारे उनले भनेका छन्, ‘झोलामा ल्याएको सुन भरियाले प्रहरीकै पास प्रयोग गरेर सिधै खत्रीको कोठमा लैजान्थे । खत्रीले चालक र अंगरक्षकलाई भनेर आफ्नै गाडीमा बाहिर पठाउँथे ।’ गोरेले विमानस्थल बाहिरका प्रहरी नायब महानिरिक्षक (डीआईजी) लाई प्रयोग गरेर सुन तस्करी सम्भव भएको बयानमा खुलाएका छन् । तर ती डीआईजीको नाम आफूलाई थाहा नभएर प्रहरीको सबै सेटिङ गर्ने छिरिङ वालेङ घलेलाई थाहा भएको भनेका छन् ।

‘भरियालाई प्रहरीले पास उपलब्ध गराउँथे । सो पछि कुनै चेकजाँच हुदैनथ्यो’, प्रहरी सेटिङबारे गोरेले बयानमा भनेका छन्, ‘सुन बोक्ने मानिस सिधै प्रहरी हाकिमको कोठामा जान्थे । पछि प्रहरीले आफू अनुकूल समयमा सुन बाहिर निकाली तोकिएको स्थानमा छाडिदिन्थे ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo