काठमाडौँ । आइएमई रेमिट्यान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक उत्सव तथा साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । मंगलबार काठमाण्डौँमा सम्पन्न सभामा लिमिटेडका अध्यक्ष हेमराज ढकालले संस्थाको आर्थिक, भौतिक तथा संस्थागत प्रगति प्रतिवेदन पेश गरे । उनको प्रतिवेदन लाई सभाले सर्वसम्मत रूपमा पारित ग-यो । सोही अवसरमा बोल्दै अध्यक्ष ढकालले आइएमई रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनी सँगै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे ।
ढकालले २५ औँ वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि र रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले आगामी दिनमा प्रविधिको अधिकतम सदुपयोग गर्दै रेमिट्यान्स सेवाको थप विस्तार तथा विविधीकरण गर्दै आइएमईलाई कम्पिलिट फाइनान्सियल सलुसन्सको रूपमा विकास गर्ने नीति लिइने उल्लेख गरे।
सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५ औँ वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जीवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याइरहेकोमा गर्व व्यक्त गरे ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल, सहज र सुरक्षित बनाउने बताए । प्रमुख कार्यकारी पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्याउन सफल रहने विश्वास व्यक्त गरे । सभामा उपस्थितजनले संस्थाको अझै प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।






























प्रतिक्रिया