काठमाडौँ

सशस्त्र प्रहरीका कर्मचारीले एटीएममा पैसा निकाल्न जाँदा ३० हजार रुपियाँ नगद भेटाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरिएको छ । "/>

एटीएममा भेटेको रकम बैंकलाई हस्तान्तरण

एटीएममा भेटेको रकम बैंकलाई हस्तान्तरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सशस्त्र प्रहरीका कर्मचारीले एटीएममा पैसा निकाल्न जाँदा ३० हजार रुपियाँ नगद भेटाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकका रूपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपराह्न काठमाडौंको नयाँ बानेश्वरस्थित एक एटीएमबाट रकम निकाल्न खोज्दा उनले उक्त रकम भेटाएका थिए ।

त्यहाँ रहेको ग्लोबल आईएमई बैंकको एटीएम मेसिन बाहिरै रहेको अवस्थामा सो रकम भेटिएको थियो । उक्त रकम उनी अघिका एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ । निज सशस्त्र प्रहरी जवान श्रेष्ठले सो रकम आइतबार ग्लोबल आईएमई बैंक नयाँ बानेश्वरका शाखा प्रबन्धक सुशीलकुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाइदिन आग्रह गरिएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo