स्मार्टफोनका प्रयोगकर्ताहरुलाई लाग्ने समस्या भनेकै आफुले खिचेको फोटो र भिडियोहरुलाई स्टोर गर्न नपाउनु हो । बढी स्टोरेज क्षमता भएको मोवाइल फोन खरिद गर्दा बढी मुल्य तिर्नुपर्छ । यदी ठिक्कको बजेट छ भने अरु कुराको सुविधा भएको मोवाइल फोन खरिद गरेहुन्छ । हामी तपाईलाई निर्धक्कका साथ फोटो स्टोरेज गर्न मिल्ने एपको बारेमा जानकारी दिने छौं ।
यदी तपाई आफ्नो स्मार्टफोनमा स्टोरको समस्या भोगिरहनु भएको छ भने गुगल फोटोज् सर्वाधिक उपायोगी रहेको छ । एण्ड्रोइड देखि आइएसओ अपरेटिङ सिस्टम चलाउने मोवाइल फोनका प्रयोगकर्ताले यो एपलाई सजिलै डाउनलोड गर्न सक्छन् । कतिपय स्मार्टफोनमा यो एपलाई पहिले नै राखेर पठाईएको समेत हुन्छ ।
गुगल फोटोमा आफ्नो स्मार्टफोनमा रहेको फोटो र भिडियोहरु अपलोड गरेर ब्याकअप गर्न चाहनुहुन्छ भने पहिला गुगल एकाउन्टमा तपाईले आफ्नो ईमेल एकाउन्ट खोल्नुपर्छ । यसरी गुगलमा ईमेल एकाउन्ट खोलेपछि गुगलले दिने गुगल ड्राइभ, गुगल प्लस, गुगल फोटो आदीमा पनि सोझैं लगइन भइन्छ । यि एप मार्फत् तपाईले आफुले खिचेका फोटो र भिडियोहरुलाई ब्याकअप गरेर राख्न सकिन्छ । यसरी खिचेको फोटो र भिडियोहरुलाई यि एपमार्फत् सिंक गरेको खण्डमा वाईफाईसंग सम्बन्ध हुने बित्तिकै स्वत: ब्याकअप हुन थाल्छ ।
गुगल ड्राइभले प्रयोगकर्ताहरुलाई १५ जिवि स्टोरेज निशुल्क दिन्छ । यदी आफुलाई फोटो र भिडियो स्टोरेज गर्न बढी स्थान चाहेमा शुल्क तिरेर किन्न पनि सकिन्छ । गुगल फोटोले भने अनलिमिटेड स्टोरेज गर्ने सुविधा दिएको छ । यो सुविधा अनुसार आफुले अपलोड गर्ने फोटो र भिडियो हाई क्वालिटीमा राख्नु भएमा अनलिमिटेड स्टोरेज दिन्छ । यदी तपाईले मोवाईलले खिचेको फोटो ओरिजिनल र फुल रिजोलुसनमा राख्न चाहनुहुन्छ भने यस्तो अवस्थामा गुगलले स्पेशलाई निश्चित साईजमा मात्र दिन्छ । यसका लागि तपाईले अतिरिक्त शुल्क तिर्नु भयो भने यो सुविधा पनि पाउनु हुने छ ।





























प्रतिक्रिया