काठमाडौं । पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
यसअघि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको आफ्नै स्वामित्वमा रहेको लैनचौरस्थित जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको थियो । तर भाडा तिरिरहेको थिएन । स्काउटले पछिल्लोपटक सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका दिँदै अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी जारी गरेको थियो ।
स्काउटको कित्ता नम्बर १० को ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो। तर, सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि खड्काले राजनीतिक पहुँचको भरमा सात वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर त्यहाँबाट भाडा असुलिरहेका छन्। स्काउटको सम्पत्ति खाली गर्न अदालतले पटकपटक आदेश दिँदा पनि उनले अटेर गर्दै आएका छन्। यसैबीच महानगरले डोजर चलाएको हो ।





























प्रतिक्रिया