पार्टीको ह्विपविरुद्ध लाग्ने मधेस प्रदेश सभाका दुई सांसदमाथि कारबाही हुने

पार्टीको ह्विपविरुद्ध लाग्ने मधेस प्रदेश सभाका दुई सांसदमाथि कारबाही हुने

केन्द्रबिन्दु
18
Shares

जनकपुरधाम । मधेस प्रदेश सभाका दुई सांसदलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई पार्टीको ह्विपविरुद्ध विश्वासको मत दिन नदिएको भन्दै रहबर अन्सारी र मालाकुमारी कर्णलाई माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको हो । यी दुई सांसदकै कारण पाँच दलीय गठबन्धनको समर्थनमा बनेको लोसपा नेता जितेन्द्रप्रसाद सोनल नेतृत्वको सरकार ढलेको थियो ।

पार्टीको ह्विपविपरीत अन्सारी र कर्ण उभिएपछि तत्कालीन मुख्यमन्त्री सोनलले प्रदेश सभाबाटै राजीनामा घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo