एनपीएलको टिकट मूल्य तोकियो, प्रिमियमलाई २ हजार रुपैयाँ, साधारणलाई कति ?

एनपीएलको टिकट मूल्य तोकियो, प्रिमियमलाई २ हजार रुपैयाँ, साधारणलाई कति ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । यही मंसिर १ गतेदेखि कीर्तिपुरस्थित टियु मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरेको हो । जसमा साधारण टिकटको मूल्य ५०० रुपैयाँ तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।

यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि भने १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ । प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट रहने क्यानले जनाएको छ ।

त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरलाई‌ हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको छ।

मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच हुनेछ। सो खेल दिउँसो ४ बजे सुरू हुनेछ।

Skip This
Skip This
Logo