खोटाङ
खोटाङका महिलाहरूमा पाठेघर खस्ने समस्याको बिकराल रूप पाइएको छ । पहाडी जिल्लाका ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरूको पाठेघर खस्ने समस्याले बिकराल रूप पाइएको विशेषज्ञ डाक्टरहरूले जनाएका छन् ।
शुक्रबार जिल्ला सदरमुकाम दिक्तेलबजारमा शुरु भएको दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या भएका अधिकांश महिलाहरू आएको बताइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको संयुक्त आयोजनामा सञ्चालित शिविरमा आउनुभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मनोर दिन सैयदले जिल्लामा यो समस्याले बिकराल रूप लिएको पाइएको बताउनुभयो ।
सानै उमेरमा विवाह गर्ने, कम समयको जन्मान्तर, उचित आहाराको कमी लगायतका कारण सानै उमेरका महिलाहरूमा पनि पाठेघर खस्ने समस्याबाट ग्रसित पाइएको डाक्टर सैयदको भनार्इ छ । ३०–३२ वर्षको उमेरमै ४ देखि ५ जना सम्म बच्चा जन्माएका महिलाहरू समेत उपचारका लागि आएकामा योनीबाट गन्हाउने पानी बग्ने समस्या पनि उल्लेख्य संख्यामा रहेका छन् ।
चेतनाको अभावका कारण समयमै उपचार गराउन लजाउने, स्वास्थ्य संस्थामा प्रसूति नगराउने, आवश्यक प्रोटिन पर्याप्त नपाउने कारण समेत महिलाहरूमा समस्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रबन्धक तथा डाक्टर धर्मदत्त सुवेदीले सोही नगरपालिकाकी–१ की ८० वर्षीया कर्मसरी राईकोे चेकजाँज गरेर शुरूआत गरिएको शिबिरको पहिलो दिन ७ सय ४२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन् ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया