नेपाली कम्युनिस्ट पार्टीमा संकट: जुँगाको लडाइँ, उमेरहद र उत्तराधिकारी अभाव

नेपाली कम्युनिस्ट पार्टीमा संकट: जुँगाको लडाइँ, उमेरहद र उत्तराधिकारी अभाव

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीको ‘नेताको फौज’ अब तीन घेराको संकट परेको छ। २ हजार केन्द्रीय सदस्य भएको यो नवगठित पार्टीमा जुँगाको लडाइँ मडारिएको छ। ७० वर्षे उमेरहद को अभावले दिग्गजहरू कुर्सी छाड्न तयार छैनन्। यस्तै उत्तराधिकारी अभाव ले पार्टीको भविष्य अन्यौलमा देखिएकोे छ।

आगामी फागुन २१ को निर्वाचन सम्म एकता टार्न सक्छ कि फेरी ‘फुट’ भन्नेमा संका रहेको छ । यस्तै जुँगाको लडाइँ र विभागीय कुर्सीका लागि ‘खिचातानी’ देखिएको छ ।

पार्टीको संरचना अहिले संयोजक,सह संयोजक मात्र रहेको छ। महाधिवेशन सम्म यहि संरचनासम्म पार्टी अगाडी बढ्नका लागि
चुनौती उत्तिकै रहेको छ । पार्टीमा ५०ं पदाधिकारी र सयौँ प्रभावशाली नेताहरू कार्यकारी भूमिका मागिरहेको एक नेताले बताए । पार्टीमा विभाग, भूगोल, संरक्षक जिम्मेवारी बाँड्दा पनि ‘मलाई बढी’ को होडबाजी शीर्ष नेताहरुमा चलिरहेको छ । नेतृत्व बाँडफाँडमा कुरा नमिल्दा फुटको संघारमा जान सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । नेतृत्व व्यवस्थापन गर्न नसक्नु नै कम्युनिस्ट पार्टीहरूको कमजोरी रहँदै आएको छ। इतिहास हेर्दा २०१७ सालदेखि फुटको शृंखला निरन्तर रहिरहेको छ ।
चुनावसम्म जुँगाको लडाइँ नहुने परिस्थिति बनाउन कठिन रहेको एकीकृत समाजवादीका पुर्व उपाध्यक्ष गंगालाल तुलाधरको भनाई छ ।

उमेरको हदवन्दी पनि हिजोको अभ्यासमा एमालेमा ७० वर्षे उमेरहद रहेको थियो जसले नयाँ पुस्तालाई ठाउँ दियो।
अहिले कुनै हद छैन। प्रचण्ड ७०ं माधव नेपाल ७३, झलनाथ खनाल ७६ बर्ष लगायतका अभिभावकीय भूमिका मा रहने दाबी गर्छन्, तर कार्यकारी छाड्दैनन्। त्यस पछाडीका नेताहरुमा पनि वरियता क्रम मिलाउन धौ धौ यतिबेला नेकपा लाई रहेको छ ।
पूर्वमाओवादी केन्द्रको पदाधिकारी तहका प्रचण्ड र नारायणकाजीबाहेक कृष्णबहादुर महरा, अग्नि सापकोटा, पम्फा भुसाल, नन्दबहादुर पुन, देव गुरूङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, शक्ति बस्नेत, मातृका यादव, दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य, सुरेन्द्र कार्की, गंगानारायण श्रेष्ठ लगायत यो पार्टीमा छन्।

पूर्व नेकपा (एकीकृत समाजवादी) सचिवालयको आकार २४ सदस्यीय थियो। पदाधिकारी तहमा माधव, झलनाथ र वामदेवबाहेक राजेन्द्र पाण्डे, डा. बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत, धर्मनाथ साह, जयन्ती राई, प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, घनश्याम भूसाल, राजेन्द्र राई, गरिमा साह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सावित्रा भूसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर थिए।

यीमध्ये घनेन्द्र बस्नेत, घनश्याम भूसाल, प्रेम आले लगायतका नेता एकीकरणमा गएनन्। रामकुमारी झाक्री र किसन श्रेष्ठ एमाले फर्किसकेका छन्।

यति मात्र होइन, नेपाल समाजवादी पार्टीका महेन्द्र राय यादव, जनसमाजवादी पार्टीका सुवासराज काफ्ले, नेकपा समाजवादीका राजु कार्की, नेकपाका महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी) का कर्णजित बुढाथोकी, नेकपा साम्यवादीका प्रेमबहादुर सिंह, देशभक्त समाजवादी पार्टीका गोपाल किराती, नेकपा श्रमजीविका प्रमोद यादव लगायतका नेता पनि छन्।

पूर्वमाओवादी केन्द्र र एकीकृत समाजवादीबाहेक अरू दलको केन्द्रीय कमिटीको आकार खुलेको छैन।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकार ४०८ सदस्यीय थियो। एकीकृत समाजवादीमा त्योभन्दा ठूलो झन्डै ६०० सदस्यीय केन्द्रीय कमिटी थियो। ८८ जना केन्द्रीय सदस्य अन्तिम बैठकमा थपिएका थिए। त्यही कमिटीबाट माओवादी केन्द्रसहितका दलसँग एकतामा जाने निर्णय भएको थियो।

यसरी दुई पार्टीको मात्र केन्द्रीय सदस्य जोड्दा एक हजार नाघ्छ। सबै घटक जोड्दा केन्द्रीय कमिटीको आकार नै भीमकाय देखिने भएको छ। पूर्व एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधर पार्टी एकीकरण घोषणा भए पनि सबै घटकको केन्द्रीय कमिटी मर्ज नभइसकेको बताउँछन्।

त्यसको लेखाजोखा बाँकी नै छ। पूर्व माओवादी केन्द्रको नेतृत्वमा रहेका, हाम्रो पार्टीको नेतृत्वमा रहेका, दुवैको स्थायी कमिटी र अरू पार्टीका पनि पदाधिकारी तहका नेताहरू राखेर पार्टी दर्ताका निम्ति सानो आकारको सूची निर्वाचन आयोगमा पेस गरेका छौं, उनले भने। यति हुँदाहुँदै केन्द्रीय कमिटीको आकार २ हजार सदस्यीय पुग्ने आकलन रहेको उनी बताउँछन्। यथास्थितिमा सबै घटकको केन्द्रीय कमिटी जोड्दा १८ सयभन्दा कम हुँदैन, उनले भने, दुई हजारभन्दा बढी हुँदैन भन्ने अनुमान छ।

कात्तिक १९ गते दसवटा पार्टी मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा अहिलेसम्म १२ वाम घटक एकताबद्ध भइसकेका छन्। यसमा अहिलेसम्म केन्द्रीय संयोजक र सह संयोजक मात्र छन्। पार्टीलाई अगाडी बढाउन गाह्रो हुने राजनैतीक विश्लेषकहरु बताउँछन् ।

Skip This
Skip This
Logo