रास्वपा त्यागेका सन्तोष परियारले नेसपा (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग गरे सहमति

रास्वपा त्यागेका सन्तोष परियारले नेसपा (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग गरे सहमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अलग्गिएका सन्तोष परियारले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र प्रगतिशील राष्ट्रिय अभियानसँग सहमति गरेका छन् ।

परियारसहित नेसपा (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँतीबीच आज ५ बुँदे सहमति भएको हो। बाबुराम भट्टराईले अध्यक्ष परित्याग गरेपछि सोव संयोजक बनेकी थिइन्, किराँती जनार्दन शर्मा नेतृत्वको अभियानमा छन् ।

सहमति पत्रमा भनिएकाे छ, ‘एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिह्न एउटै बनाउन सहमति जनाउदछौँ। मंसिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौं ।’

Skip This
Skip This
Logo