अष्ट्रेलियाको भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत एक नेपाली सेफलाई जेल सजाँय हुने भएको छ । आफ्नो ग्राहकको हत्यामा दोषी ठहर गर्दै अदालतले ५१ वर्षीय हरिप्रसाद ढकाललाई जेल सजाँय तोकेको हो ।
उनीमाथि पाकिस्तानी मूलका अब्दुल्लाह सिद्दिकीलाई २०१६ अक्टोबर २५ मा चक्कु प्रहार गरेर हत्या गरेको आरोप लागेको थियो। यद्दपि ती ब्यक्तिले ढकाललाई आक्रमण गरेकाले उनले प्रतिकार गरेको र त्यसक्रममा उनको मृत्यु भएको बुझिएको छ । लगतै उनले चक्कुसहित प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका थिए ।
उनलाई जुन १ देखि जेल सजाँय दिने भएको छ । सजाँय सकिएपछि उनलार्य नेपाल फिर्ता पठाईनेछ । उनले २००० मा नेपाल छाडेका थिए ।





























प्रतिक्रिया