काठमाडौं

प्रधानमन्त्री केपी ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको छ । सय दिन अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ । "/>

सरकारका १०० दिनः भारतसँगको सम्बन्ध सुधार पहिलो प्राथमिकतामा

सरकारका १०० दिनः भारतसँगको सम्बन्ध सुधार पहिलो प्राथमिकतामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी ओली सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएको छ । सय दिन अवधिमा भारतसँगको सम्बन्ध सुधार सरकारको पहिलो प्राथमिकतामा परेको छ । फागुन ३ गते प्रधानमन्त्री चुनिएको दोस्रो महिनामा चैत २३ देखि २५ सम्म ओलीले पहिलो विदेश भ्रमण दक्षिण छिमेकबाट सुरु गरेका थिए । तेस्रो महिना वैशाख २८ र २९ मा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गरे ।

अन्तर्राष्ट्रिय प्रचलनमा ‘मधुमास’ भनिने सरकारको सय दिनलाई ‘बिहानीले गर्ने दिनको संकेत’ का अर्थमा लिने गरिन्छ । पूर्वराजदूत तथा राजनीतिक विश्लेषक नीलाम्बर आचार्य सरकारको पहिलो सय दिन अवधिका भनार्इ र गराइलाई सकारात्मक संकेतका रूपमा लिनु पर्ने बताउँछन् । ‘राजनीतिक शक्तिका हिसाबले अहिले सम्मकै बलियो सरकारको नेतृत्वमा उनी (ओली) छन्’, आचार्यले भने, ‘हनिमुन पिरियडमा उनको काम गराइ परिपक्व देखिएको छ ।’

आचार्यले सय दिनको सकारात्मक उपलब्धिका रूपमा भारतसँगको सम्बन्ध सुधारलाई नै लिन सकिने बताए । ‘सय दिन भित्र दक्षिणी छिमेकी मुलुक भारतसँग शिखर तहमै वार्ता संवाद आदानप्रदान भएको छ, सम्बन्धमा सुधार देखिएको छ,’ आचार्यले भने, ‘बोली सकारात्मक छ, व्यवहार हेर्न बाँकी छ । तैपनि काम गर्ने आधार बनाउने प्रयास गरेकै देखिन्छ ।’ सय दिन अघि प्रधानमन्त्री नियुक्त हुँदा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र विकासप्रति जनअपेक्षाका अनगिन्ती चुनौतीले उनी घेरिएका थिए । संविधान निर्माणसँगै चिसिएको भनिएको भारतसँगको सम्बन्ध सुधार पनि सरकारको चुनौती थियो ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo