रुकुम (पुर्व)

प्रदेश नं. ५ को संसदमा जनताले पनि सार्वजनिक महत्वका विषयमा प्रस्तावहरु पेश गर्न पाउने भएका छन् । "/>

अब जनताका कुरा पनि संसदमा जस्ताको त्यस्तै प्रवेश हुने

अब जनताका कुरा पनि संसदमा जस्ताको त्यस्तै प्रवेश हुने

केन्द्रबिन्दु
0
Shares

रुकुम (पुर्व)

प्रदेश नं. ५ को संसदमा जनताले पनि सार्वजनिक महत्वका विषयमा प्रस्तावहरु पेश गर्न पाउने भएका छन् । यसका लागि कम्तिमा सय सर्वसाधारणहरुको हस्ताक्षर र तीन सांसद्ले समर्थन गर्नु पर्ने प्रदेश नं. ५ का सभामुख पुर्णबहादुर घर्तीले जानकारी दिए ।

यस भन्दा अघि संसद बैठकमा सरकार र सांसद्ले मात्र प्रस्ताव पेश गर्न पाउने भएपनि अब भने सर्वसाधारणले पनि संसदमा प्रस्ताव पेश गर्न सकिने प्रावधान ल्याएको उनले जनाए । यसले गर्दा जनताका कुरापनि संसदमा जस्ताको त्यस्तै प्रवेश हुने उनको भनाई छ ।

यसका लागि प्रदेश सभाले नियमावली निर्माण गरी सकेको छ । बिहीबार प्रदेश नं. ५ का हिमाली जिल्ला रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रियाको’ बारे जानकारी गराउने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घर्तीले यस्तो बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo