काठमाडौं
कालो हिराको ३ करोडमा डिल गर्दै गर्दा प्रहरीले छापा हानेर ८ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल नेतृत्वको टोलीले लैनचौरका रमेश रजक सहित ८ जनालाई काठमाडौंको दरबारमार्गबाट पक्राउ गरेको हो ।
गोप्य डिल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट २ वटा कालो हिरा बरामद गरेको छ । उनीहरु माथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया