बिर्तामोड । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा.लि.ले बिर्तामोडमा आफ्नो नयाँ अत्याधुनिक शोरूमको उद्घाटन गरेको छ। यो कदम नेपालभर आफ्नो सञ्जाल विस्तार गर्ने कम्पनीको प्रतिबद्धतामा एक महत्वपूर्ण उपलब्धि हो।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बलराम थापा, झापा उद्योग वाणिज्य संघका संस्थापक सदस्य, प्रशन्न पन्त, एमएडब्लू वृद्धि मोटर्सका सीईओका साथै सञ्चारकर्मी, ग्राहक, व्यवसायी र उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
बिर्तामोडको केन्द्रमा अवस्थित नयाँ शोरूमले आगन्तुकहरूलाई डोंगफेंग र सेरेसका नवीनतम ईभी मोडेलहरूको इमर्शिभ अनुभव प्रदान गर्नेछ। ग्राहक अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा प्रशिक्षित कर्मचारीहरूको टोली व्यक्तिगत परामर्श, जानकारी तथा टेस्ट ड्राइभ सेवा प्रदान गर्न सधैं तयार रहनेछ। बिर्तामोड शोरूम उद्घाटनसँगै, एमएडब्लू वृद्धि मोटर्सले नेपालमा आफ्नो उपस्थिति अझ सबल बनाएको छ।
बिर्तामोडमा टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प
शोरूम उद्घाटनको अवसरमा एमएडब्लू वृद्धिले १ मंसिरगते सम्म बिर्तामोड, चारपानेमा अवस्थित डोङ्गफेङ्ग नामी शोरुममा तीन दिने टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्पपनि आयोजना गर्न लागेको छ। यस अवधिमा, ग्राहकहरूले नामी 01, नामी भिगो तथा सेरेस ईभी खरिद वा एक्सचेन्ज गर्न सक्नेछन्।





























प्रतिक्रिया