काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले १२ वैशाख २०७२ को भूकम्पका कारण क्षति भएका मुलुकभरका सबै सामुदायिक विद्यालयको पुनर्निर्माणको काम दुई वर्ष भित्र सक्ने प्रतिबद्धता जनाएका छन् ।
सोही दिनको भूकम्पले क्षति भएको दरबार हाई स्कुल रानीपोखरीको पुनर्निर्माणको सन्दर्भमा आयोजित छलफलका क्रममा मन्त्री पोखरेलले मन्त्रालयले पुनर्निर्माण प्राधिकरणसँग यथासिघ्र समन्वय गरी दुई वर्ष भित्र सुरक्षित विद्यालय निर्माण गरिसक्ने बताए । सुविधा सम्पन्न विद्यालय र गुणस्तरीय शिक्षा वर्तमान समयको आवश्यकता भएको उल्लेख गर्दै मन्त्री पोखरेलले भने, ‘सबै विद्यालय अब प्रविधिमा आधारित भएका विद्यालय हुनेछन् ।’
सोही अवसरमा मन्त्री पोखरेलले चीन सरकारको आर्थिक सहयोगमा बन्न लागेको दरबार हाई स्कुलको पुनर्निर्माणको काम सोमबारबाट सुरु भएको घोषणा पनि गरे । भूकम्प गएको तीन वर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम सुरु हुन सकेको थिएन । पछिल्लोपटक विद्यालयको नक्सा स्वीकृत भएर अनुमति लिने प्रकृया सुरु भए पनि अन्डरग्राउन्ड पार्किङ विवादले निर्माण कार्य अघि बढ्न सकेको थिएन ।
राजधानीबाट





























प्रतिक्रिया