काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले निर्माण व्यवसायमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार तयार रहेको बताएका छन् । "/>

निर्माण व्यवसायीहरुलाई गृहमन्त्री थापाको यस्तो निर्देशन

निर्माण व्यवसायीहरुलाई गृहमन्त्री थापाको यस्तो निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

गृहमन्त्री रामबहादुर थापाले निर्माण व्यवसायमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग सोमबार छलफल गर्दै मन्त्री थापाले समस्या समाधानका लागि सरकारलाई सहयोग गर्न व्यवसायीलाई आग्रह गरे ।

निर्माणक्षेत्रमा कुनै पनि किसिमका ऐन कानुन बाधक छन् भने त्यसलाई संशोधन गर्न सरकार तयार रहेको मन्त्री थापाले बताए । व्यवसायीले उठाएको असुरक्षा र चन्दा आतंकका विषयमा मन्त्री थापाले भने, ‘तपाईहरूसँग कसैले चन्दा माग्छ भने चन्दा नदिई गृह प्रशासनमा खबर गर्नुहोस्, सरकारले सुरक्षाको पूर्ण ग्यारेन्टी दिनेछ, व्यवसायीलाई अनावश्यक दुःख दिने सरकारी कर्मचारीलाई समेत कारबाही गर्न सरकार तयार रहेको मन्त्री थापाले बताए । विगतमा जे जस्तो काम गर्नुभयो, अब सच्चिएर काम गर्नुहोस् । यो सरकारले ढिलासुस्ती र अनियमिततालाई हेरेर बस्दैन ।

भेटघाटमा गृहमन्त्री थापाले विकास निर्माण कमसल हुने गरेको भन्दै सबैको मिलेमतोमा सिमेन्ट र बालुवा १/३ भाग मिलाउनु पर्नेमा १/१० भाग सम्म मिलाएको भन्ने सुनिन्छ, अब त्यस्ता काम तत्काल बन्द गर्नु होस् । व्यवसायीलाई इमान्दार भएर काम गर्न निर्देशन दिँदै मन्त्री थापाले अनियमितता गर्ने छुट कसैलाई नदिइने प्रष्ट पारे ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo