काठमाडौं । आइएमई खल्ती लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रालि एक आपसमा गाभिएर आइएमई खल्ती लिमिटेड बनेको हो । आइएमई खल्तीले २०८२ साउन १ गतेदेखि संयुक्त कारोबार शुरु गरेको थियो ।
आइएमई खल्तीका सीइओ विनय खड्काको कार्यकाल सकिएपछि रेग्मीलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरिएको हो । उनी यसअघि आइएमई खल्तीको सञ्चालक समितिको सदस्य थिए ।





























प्रतिक्रिया