काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताएका छन् । "/>

संविधान संशोधन छुट्टै विषय होः प्रम

संविधान संशोधन छुट्टै विषय होः प्रम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताएका छन् । नीति तथा कार्यक्रम सार्वजनिक भएपछि प्रतिनिधिसभा भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले पत्रकारसँग भने, “जनतामुखी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न आगामी बजेट आउँछ, ढुक्क रहन म आग्रह गर्दछु ।”

‘संविधान संशोधनको विषय सरकारको नीति तथा कार्यक्रममा किन आएन प्रधानमन्त्रीज्यू’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने “यो विषय वार्षिक नीति तथा कार्यक्रममा पर्ने विषय होइन, छुट्टै विषय हो” । प्रधानमन्त्री ओलीले सरकारले जनताका लागि काम गर्ने, सबै सित मिलेर हातेमालो गर्दै अगाडि बढ्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासन दिने बताए ।
रासस

Skip This
Skip This
Logo