काठमाडौँ

नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला असार ५ देखि ७ गते सम्म मकवानपुरको हेटौंडामा गर्ने भएको छ । "/>

कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा

कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला असार ५ देखि ७ गते सम्म मकवानपुरको हेटौंडामा गर्ने भएको छ । वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले आइतबार जिल्ला सभापतिहरुको भेलाको स्थान र मिति तय गरेको हो ।

‘नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय बमोजिम नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २०७५ असार ५ देखि ७ गते मकवनापुरको हेटौंडामा हुने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेठ अन्तिम साता भित्र जिल्ला सभापतिको भेला गर्ने केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले २७ देखि तयारी गरेको थियो । सोही मितिमा नेपाल टे«ड युनियन कांग्रेसको महाधिवेशन तय भएकाले कांग्रेसले सभापतिको भेला एक साता पर सारेको हो ।
नागरिकबाट

 

Skip This
Skip This
Logo