काठमाडौँ

सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजायँ भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । "/>

सर्वोच्चको आदेश विपरीत बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको तयारी !

सर्वोच्चको आदेश विपरीत बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको तयारी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले कर्तव्य ज्यान मुद्दामा जेलसजायँ भोगिरहेका नेकपाका नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरीत बाँकी कैद मिनाह गर्ने तयारी गरेको छ । डिल्लीबजार कारागारमा जेल सजायँ भोगिरहेका नेता ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा कैद मिनाह गरी छुटाउन खोजिएको हो।

उनको कैद मिनाहका लागि गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाडौं मार्फत सिफारिस मागेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनी लगायत केही कैदीहरूको कैद मिनाहको सिफारिस सहित कारागार व्यवस्थापन विभागलाई पठाएको छ भने विभागले एकदुई दिन भित्रै मन्त्रालयमा सो सिफारिस पठाउने तयारी गरेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायँलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था भए पनि ढुंगेलको हकमा अब कुनै पनि मिनाह गर्न नमिल्ने फैसला गरेको थियो ।
नागरिकबाट

 

Skip This
Skip This
Logo