काठमाडौँ

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । "/>

प्रदेश नं. २ः मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

प्रदेश नं. २ः मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो । मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसमक्ष अनुमति मागेका थिए ।

प्रदेशस्तरमा कानुन, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै मन्त्रिपरिषद बैठकले राउतको भ्रमण रोकेको हो । राउतले गैरसरकारी संस्थाको निम्तोमा अमेरिका जान गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले रोकेको सरकारका प्रवक्ता तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए ।

‘प्रदेश भित्रै आर्थिक वर्ष २०७४/७५ को नीति, बजेट निर्माण तथा कार्यक्रम लगायत संगठनात्मक संरचना निर्माण जस्ता महत्वपूर्ण कार्य गर्नु पर्ने भएकाले राउतको अमेरिका भ्रमण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले अस्वीकृत गरेको छ,’ बाँस्कोटाले भने ।
नागरिकबाट

Skip This
Skip This
Logo