ताप्लेजुङ

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघामा आइतबार २१ जनाले सफल आरोहण गरेका छन् । "/>

एकै दिन एक्काइस जनाद्वारा कञ्चनजंघाको आरोहण

एकै दिन एक्काइस जनाद्वारा कञ्चनजंघाको आरोहण

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ

विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघामा आइतबार २१ जनाले सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा ११ विदेशी तथा अन्य नेपाली रहेका छन् । एसियन टे«किङ प्रालिका प्रबन्धक सञ्जय बरालका अनुसार भारतीय नागरिक निर्मल कुमार पंकज, मोन्टि राजखोवा, पल्केश कल्मा, गौरभ काडिया, योगेन्द्र गर्भियाल र राहुल जर्गलले कञ्चनजंघा आरोहण गरेका हुन् ।

यस्तै भारतकै हर्सद कमलक्सन राओ, ग्रिसका एन्टोनिस स्याक्रिस र फोटिस थचारिस, इटालीका अलेस्सान्ड्ररो डि मिएलाले पनि कञ्चनजंघाको चुचुरो चुमेका छन् । यसैगरि एसियन टे«किङ प्रालिका प्रबन्ध निर्देशक दावा स्टेभन शेर्पा सहित लाक्पा शेर्पा, पासाङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, दा जाङ्बु शेर्पा, लाक्पा शेर्पा, पासाङ छिरिङ शेर्पा, लाक्पा तेन्जी शेर्पा लगायतले कञ्चनजंघा आरोहण गरेका गरे ।
रासस

Skip This
Skip This
Logo