काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टीले तीन महिना भित्र केन्द्रीय कमिटी मातहतका सबै तल्ला कमिटी, केन्द्रीय विभाग र केन्द्रीय आयोगहरू एकीकरण गर्ने गरी विधि, प्रक्रिया र मापदण्ड तयार गर्दैछ । त्यस्तै भ्रातृसंगठनहरूको एकीकरण पनि तीन महिनाकै बीचमा सम्पन्न गर्ने नेकपाको योजना छ ।
अध्यक्षद्वय केपी ओली र प्रचण्ड नेतृत्वको केन्द्रीय सचिवालयले तलै सम्म एकीकरणको गृहकार्य गर्नेछ । महासचिव विष्णु पौडेलले विधि, प्रक्रिया र मापदण्डबारे सचिवालय बैठकमा छलफल हुन बाँकी रहेको बताए ।
तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने अन्तिम तयारी छ । तर एमालेका तत्कालीन २०६ मा २०० जना र माओवादीका ८५ जनाको मात्र नामावली रहेको रोस्टर तयार छ । एमालेले ४१ र माओवादीले ११५ जनाको नाम टुंग्याइसकेपछि दुवै अध्यक्ष बसेर अन्तिम रूप दिने तयारी छ । माओवादीले स्थायी समिति सदस्यकै नाम टुंगो नलगाइ सकेकाले ढिलाइ भइरहेको एक नेताले बताए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया