सिमराको तनावले काठमाडौंमै रोकिए एमालेका नेताहरू

सिमराको तनावले काठमाडौंमै रोकिए एमालेका नेताहरू

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।

सिमरा विमानस्थल क्षेत्रमा तनाव बढेसँगै आजका लागि निर्धारित सबै उडानहरू रद्द गरिएको हो । एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता आज विमानस्थल पुग्ने कार्यक्रम रहेको थियो । तर उनीहरुलाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजीबीच झडप हुँदा विमानस्थल नै बन्द भएको हो ।

एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि झडप सुरु भएको थियो । स्थिती असामान्य बन्दै गएपछि अहिले बारामा कर्फ्यू आदेश पनि जारी भएको छ । जसले गर्दा आजका लागि निर्धारित उडानहरू रद्द गरिएको हो । जहाज पनि धावनमार्ग नपुग्दै फर्काइएको छ ।

बुद्ध एयरले दैनिक दुईतर्फी १० वटा उडान गर्छ। त्यहाँबाट दैनिक ७ सय हाराहारी यात्रु काठमाडौँ, वीरगन्ज, सिमरा ओहोरदोहोर गर्छन्।

Logo