जनकपुरधाम। मधेस प्रदेशमा नेकपा (एमाले) ले भोगिरहेको राजनीतिक संकटका बीच पार्टीका सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गम्भीर समीक्षा र नयाँ जिम्मेवारीको अपिल गरेका छन् । सिमरा विमानस्थल नजिकै एमाले कार्यकर्ता र जनमत पार्टी (जेनजी) समर्थकबीच भएको झडपपछि भट्टराईले पार्टीको इतिहास, उपलब्धि र वर्तमान चुनौतीबारे लामो फेसबुक स्टाटसमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
भट्टराईले २०७२ असोज ३ गते संविधान जारी भएपछि मधेसमा एमालेमाथि भएको आक्रमण र कठिनाइको स्मरण गर्दै पार्टीले निर्वाचनमा हासिल गरेको सफलतालाई अध्यक्ष ओलीको मेहनतको श्रेय दिएको उल्लेख गरेका छन् ।
उनी भन्छन्, “प्रतिनिधिसभाको प्रत्यक्षमा १० सिट र प्रदेशसभामा २५ सिटसहित एमाले पहिलो पार्टी बन्यो ।“ तर, वर्तमानमा प्रदेश प्रमुखको बर्खास्तगी, सभामुखको पदमुक्ति र मुख्यमन्त्रीको मुद्दा (जसको न्यायिक परीक्षण भइरहेको छ) ले पार्टीको छविमा प्रश्न उठेको भन्दै उनले सोसल अडिट र आन्तरिक एकताको आवश्यकता औंल्याएका छन् ।
यो अपिल सिमरा घटनासँग जोडिएको छ । मङ्गलबार (कात्तिक ३) काठमाडौंबाट फर्किएका एमाले नेताहरूको स्वागतमा पुगेका कार्यकर्ता र जेनजी समूहबीच झडप हुँदा तनावग्रस्त बनेको थियो । यो घटनाले मधेसको राजनीतिक वातावरणलाई थप तिक्त बनाएको छ ।
































प्रतिक्रिया