सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । बाराको सिमरा क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी भएको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीचच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बने पछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रका अनुसार विरगंज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म दायाँबायाँ र सिमरा विमानस्थलको वरिपरि राति ८ बजेसम्मका लागि ५०० मिटरसम्म कर्फ्यू जारी भएको हो।

बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमरा चोकमा बिहीबार जेनजी समूहका युवालाई कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै आज पनि प्रदर्शन गरेका हुन् । सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ ।

बिहीबार एमालेका महासचिव शंकर पोखरेल, महेश बस्नेत, भानुभक्त ढकाल, सुमन प्याकुरेललगायत नेता भ्रातृसङ्गठन युवा सङ्घले आयोजना गर्न लागेको मधेश जागरण सभालाई सम्बोधन सिमरा पुग्ने कार्यक्रम रहेको थियो । तर काठमाडौंबाट विमान उड्नुभन्दा केही समयअघि मात्रै सिमरामा जेन जी युवा र एमालेका कार्यकर्ताबीच भिडन्त हुन थाल्यो। उनीहरुलाई स्वागत गर्न बसेका एमालेका कार्यकर्ता र जेनजीबीच झडप हुँदा कर्फ्यू आदेश जारविमानस्थल नै बन्द हुने स्थिती आएको थियो ।

हिजोको झडपको घटनालाई लिएर २ जना वडा अध्यक्षलाई प्रहरीले हिरासतमा लिएको छ। पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। दुवै स्थानीय तहका जिम्मेवार जनप्रतिनिधि रहेकाले उनीहरूको संलग्नताका सम्बन्धमा प्रहरी थप गम्भीर रूपमा अनुसन्धानमा जुटेको छ।

Skip This
Skip This
Logo