बंगलादेशसँगको दोस्रो खेलका लागि प्रशिक्षणमा जुट्दै नेपाली फुटबल टोली

बंगलादेशसँगको दोस्रो खेलका लागि प्रशिक्षणमा जुट्दै नेपाली फुटबल टोली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुबल टीमका खेलाडीहरु बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् । पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबाबका साथ प्रशिक्षणमा जुटेको हो ।

नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरिरहेकोे छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको जानकारी दिए । पहिलो खेलमा भएका कमी कमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा जुटेको उनको भनाइ छ । कोभिडका कारण अभ्यास पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनको दाबी छ । आगामी खेलमा पहिलो खेलमा देखिएको कमजोरीलाई सच्याउने पनि उनले बताए ।

त्यस्तै खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित देखिएका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको तर्क छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट सबैको नेगेटिभ आएको थियो ।

Logo