प्रधानमन्त्री कार्कीको विकल्प माग गर्दै २३ जेनजी समूह पुगे शीतल निवास

प्रधानमन्त्री कार्कीको विकल्प माग गर्दै २३ जेनजी समूह पुगे शीतल निवास

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको विकल्प माग गर्दै केही जेनजी समूहहरु शीतल निवासमा पुगेका छन् ।

जेनजीका विभिन्न २३ समूहहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् । विद्रोहको जगमा बनेको सरकारले विद्रोहीको न्युनतम अपेक्षा पूरा गर्नुको सट्टा सबै अपेक्षालाई बेवास्ता गर्दै केवल एक थान चुनावमात्र गराउने गरी सरकार दिशाहीन अवस्थामा रहेको उनीहरुको आरोप छ ।

प्रधानमन्त्री कार्कीको विकल्प माग गर्नेमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजी स्पार्क, एनटेक जेनजी, ऋणी एसोसियसन नेपाल, जेनजी वाई युनाइटेड, जेनजी सभा, जेनजी पार्लियामेन्ट, जीबीबी ग्रुप, जीयुपीसी ग्रुप, जेवाइएन ग्रुप, जेनजी युनाइटेड, जेनजी २.०, रियल जेनजी, जेनजी वाई ग्रुप, जेनजी अलायन्स, नेपाल जेनजी रिभ्युलेसन, इक्वीटी नेपाल, समता जेनजी, अल नेशन जेनजी, स्वतन्त्र जेनजी नेपाल, डिजिटल टास्क फोर्स जेनजी ग्रुप, जेनजी एकता मञ्च र जेनजी मुभमेन्ट नेपाल रहेका छन्।

Logo