देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल

देशलाई सही दिशामा फर्काउने समय आएको छ : महासचिव पोखरेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशलाई ‘सही दिशामा फर्काउन’ सबै नागरिक एकजुट हुनुपर्ने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै उनले शान्ति, सुरक्षा र लोकतन्त्र जोगाउन राष्ट्रिय एकता आवश्यक रहेको जोड दिए ।

पोखरेलले आज ‘राष्ट्रिय स्वयम्सेवक फोर्स’ गठन भएको उल्लेख गर्दै त्यसको भोलिपल्ट अर्थात् मंसिर ६ गते भोली काठमाडौंमा ‘व्यापक जनप्रदर्शन’ रहेको जानकारी दिएका छन् । उनका अनुसार यस्तो प्रदर्शन नागरिकको ‘कर्तव्य र अधिकार’ दुवै हो ।उनले लेखेका छन् , ‘अब समय आएको छ–देशलाई सही दिशामा फर्काउने, मंसिर ५ गते राष्ट्रिय स्वयम्सेवक फोर्सको गठन र मंसिर ६ गते काठमाडौंमा व्यापक जनप्रदर्शन—हाम्रो कर्तव्य, हाम्रो अधिकार, शान्ति, सुरक्षा र लोकतन्त्रका लागि एकताबद्ध बनौँ।’

हालैको राजनीतिक बहस, न्यायिक विवाद र सरकारप्रति बढ्दै गएको असन्तुष्टिलाई मध्यनजर गर्दै एमालेले सडक आन्दोलन तथा संगठन विस्तारमा सक्रियता बढाएको छ । पोखरेलको यस अभिव्यक्तिलाई पार्टीको आगामी रणनीति र काठमाडौंमा हुने प्रदर्शनको संकेतका रूपमा हेरिएको छ । एमालेले हालका घटनाले ‘राज्य सञ्चालन कमजोर’ बनेको बताउँदै नागरिक सहभागितामार्फत ‘राजनीतिक हस्तक्षेपहरू’ रोक्नुपर्ने बताउँदै आएको छ ।

Logo