काठमाडौं उपत्यकामा आज ५०१ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ५०१ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५०१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३७३, भक्तपुरमा ४४ र ललितपुरमा ८४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा ७८ हजार ६५० जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १३० जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ३७९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९७ हजार १५९ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । आज १ हजार १९७ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७६ हजार ३६४ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ९३४ छ ।

आजको पिसिआर परीक्षण ४ हजार ८३२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख १३ हजार ९११ रहेको छ । आज ३३ हजार ३७९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo