काठमाडौं । सिण्डीकेट हटाउन निर्णायक भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालयमा तानिएको छ । "/>

यी मन्त्रि जसले सिण्डिकेट हटाउने महानिर्देशकको सरुवा गरे

यी मन्त्रि जसले सिण्डिकेट हटाउने महानिर्देशकको सरुवा गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सिण्डीकेट हटाउन निर्णायक भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई मन्त्रालयमा तानिएको छ । सिन्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशक भट्टराईलाई मन्त्रालयमा तानेका हुन् ।

भट्टराईको कामप्रति असन्तुष्ट रहेका मन्त्री महासेठले व्यवसायीको दबाबमा भट्टराईलाई मन्त्रालय तानेका हुन् । सरकार सिण्डिकेटविरुद्ध कडा रुपमा प्रस्तुत हुँदा पनि मन्त्री महासेठ व्यवसायीहरुप्रति लचिलो बनेका थिए । गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकको निर्णय विपरित महासेठले सिण्डिकेटको पक्षमा रहेका समितिहरुको बैंक खाता रोक्का फुकाउने गोप्य सहमति गरेका थिए ।

सिण्डिकेट हटाए पनि अन्य थुप्रै काम बाँकी रहेको बेला भट्टराईलाई मन्त्रालय तानिँदा सिण्डिकेट प्रक्रिया अन्यौलमा पर्ने निश्चित देखिएको छ । यातायात व्यवसायीको दबाबमा मन्त्री महासेठले महानिर्देशक भट्टराईलाई मन्त्रालयमा सरुवपा गरेको स्रोतले जनाएको छ ।

Skip This
Skip This
Logo