मकवानपुर

नेपालका ७ प्रदेश मध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ । "/>

प्रदेश नं. ३ : २० प्रतिशत जोडी परिवार नियोजनको पहुँच बाहिर

प्रदेश नं. ३ : २० प्रतिशत जोडी परिवार नियोजनको पहुँच बाहिर

केन्द्रबिन्दु
0
Shares

मकवानपुर

नेपालका ७ प्रदेश मध्ये पहिलो पटक प्रदेश ३ ले पाश्र्वचित्र सार्वजनिक गरिएको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा बिहीबार प्रदेशको प्रारम्भिक पाश्र्वचित्र सार्वजनिक गरेका हुन् । सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको पाश्र्वचित्रमा प्रदेशको परिचय, भौगोलिक अवस्थिति, जनसंख्या, भाषा, धर्म, सडक तथा यातायात, ऐतिहासिक तथा धार्मिक स्थल, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा तथा महिला विकास लगायतका विवरण समावेश गरिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार प्रदेशका २० प्रतिशत विवाहित जोडी परिवार नियोजनको साधनको पहुँच बाहिर रहेका छन् । २० प्रतिशत विवाहित जोडी परिवार नियोजनको साधन प्रयोग नगर्ने गरेको बताउँदै मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिस विष्टले मन्त्रालयले यसतर्फ विशेष ध्यान दिएर योजना बनाइरहेको बताए ।

तथ्याङ्क अनुसार प्रदेशका १ हजार १ सय २२ वडा मध्ये ७ सय ५४ वडामा स्वास्थ्य चौकी छैन । महाशाखा प्रमुख सतिस विष्टले सबै वडामा स्वास्थ्य सेवाको पहुँच बिस्तार गर्नु मन्त्रालयको लक्ष्य रहेको बताए । प्रदेशका ११ हजार ७ सय ३९ बालवालिका बाल गृहहरूमा रहेको मन्त्रालयको तथ्यांक छ । महिला तथा बालवालिका कार्यालयबाट लिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा ५ सय ९० महिलालाई न्याय दिलाउन समन्वय गरिएको छ । साथै करिब ५५ लाख जनसंख्या रहेको प्रदेशमा ४१ हजार ७ सय ७२ जना अपांगता भएका व्यक्ति रहेको मन्त्रालयले जनाएको छ ।
नागरिकबाट

Skip This
Skip This
Logo