रौतहट । रौतहटको गौरमा विधुतीय करेन्टलागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका–८ स्थितविरबहादुर साहको नवनिर्मित चार तल्ले घरको छतमाथि खेलिरहेका बालकको करेन्टलागेर शनिवार साँझ मृत्यु भएको हो । रौतहटप्रहरीका सूचनाअधिकारी एवं डिएसपी विष्णु प्रदीप वस्यालकाअनुसार सुनिल साहको ५ बर्षीय छोरा रितिककुमार साहको करेन्टलागेर मृत्यु भएको हो ।
मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नपा ५ स्थितविरबहादुरको घरमा डेरा गरी बसिरहेपनिउनकै वडानम्वर ८ मा निर्माणभईसकेका चार तल्ले घरको कौशीमाखलिरहेको अवस्थामा करेन्टलागेको उनले जानकारी दिए । यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्लाप्रहरी कार्यलय रौतहटले जनाएको छ ।





























प्रतिक्रिया