महेश बस्नेतमाथि आक्रमण प्रयास भएपछि रामकुमारी झाँक्री भन्छिन्- एउटै मिसनमा लागौं

महेश बस्नेतमाथि आक्रमण प्रयास भएपछि रामकुमारी झाँक्री भन्छिन्- एउटै मिसनमा लागौं

केन्द्रबिन्दु
39
Shares

विराटनगर । नेकपा (एमाले)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई एकताबद्ध भएर एउटै मिसनमा लाग्न आह्वान गरेका छन् ।

उनले आज विराटनगरमा पार्टीका युवा नेता महेश बस्नेतमाथि भएको आक्रमण प्रयासको खबरले आफूलाई अत्यन्तै दुःख लागेको बताउँदै उक्त घटनाको निन्दा गरेकी छन् । आपराधिक मानसिकता बोकेका केही व्यक्तिले यस्ता कार्य गर्ने प्रयास गर्ने भन्दै सबैलाई सचेत बन्न उनकाे आग्रह पनि छ ।

‘महाभारतमा पाण्डवले युद्द जिते, कौरवहरूले हारे, कारणः पाण्डवहरूको अभूतपूर्व एकता हो।’ उनले भनेकी छन्- ‘आज विराटनगरमा क. महेश बस्नेत माथि आक्रमण प्रयास भएछ। यो खबर सुनेर अत्यन्तै दुःख लाग्यो। सरकारले यस्ता पात्रलाई समातेर कारबाही गरोस। यस्ता अपराधिक मानसिकताका एकाध ब्यक्तिले जहिले पनि यस्तो कार्य गर्ने प्रयास गर्छन। हामी सचेत बन्नुपर्छ, पार्टी पंक्ति एउटै मिसनमा लागौं।’

Logo