काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत दशौँ खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध कमजाेर ब्याटिङ गरेको छ।
टस जितेर कर्णाली याक्सका कप्तान सोमपाल कामीले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिम रोयल्सले १० ओभरको समाप्तिमा ४ विकेट गुमाएर ५३ रन बनाएको हाे । सुदूरपश्चिमका लागि ओपनर जोश ब्राउन खाता नखोली सोमपाल कामीको बलमा आउट भएका थिए। अर्का ओपनर विनोद भण्डारी ११ रन बनाएर पभेलियन फर्किए।
टिमको स्कोर ३९ रन हुँदा क्रिजमा जमेका अन्तर्राष्ट्रिय खेलाडी क्रिस लिन १८ रन बनाएर युभराज खत्रीको शिकार बने। क्रिजमा टिकिरहेका आरिफ शेख २१ रन र कप्तान दीपेन्द्र सिंह ऐरी ६ रन बनाएर अविजित छन्।
कर्णाली याक्सका लागि कप्तान सोमपाल कामी, विपिन शर्मा, र युभराज खत्रीले १-१ विकेट लिएका छन् ।





























प्रतिक्रिया