एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर

एमालेद्वारा प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत भएको ठहर गर्दै एमालेले आज सर्वोच्चमा रिट दायर गरेको हो ।

यसअघि बसेको एमालेको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले उक्त कदम सच्याउन प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट निवेदन दायर गर्ने निर्णय गरेको थियो ।

Logo