एनपीएलः लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौं

एनपीएलः लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौं

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

यस्तै रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेल खेलेको छ । एउटामा जित निकालेको लुम्बिनी दुई अङ्कसहित चौथो स्थानमा छ ।

Logo