काठमाडौंमा आज यो बर्षभरिकै चिसो

काठमाडौंमा आज यो बर्षभरिकै चिसो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज यो बर्षभरिकै चिसो भएको छ । बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको हो ।

“काठमाडौंको न्यूनतम तापक्रम आज ६.४ डिग्री सेल्सियस रहेको छ । यो आजसम्मको यो वर्षको न्यूनतम तापक्रम हो,” मौसमविद् हरिप्रसाद दाहालले बाह्रखरीसँग भने, “हिजो यही समयमा काठमाडौंको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस थियो ।” विस्तारै तापक्रम घट्दै जाने उनले जानकारी दिए ।

काठमाडौंमा आज दिउँसो उच्चतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् दाहालले बताए । बुधबार बिहान ५ः४५ मा जुम्लाको न्यूनत तापक्रम माइनस ४.८, डडेलधुराको ३.४, धनगढीको १०.२, जनकपुरको १४ तथा ओखलढुंगाको ९.४ डिग्री सेल्सियस रहेको छ ।

तराइका केही जिल्लामा हुस्सु र कुहिरो समेत लाग्न थालेको छ । धनगढी, भैरहवा, सिमरा, विराटनगरलगायत स्थानमा हुस्सु लागेको छ । “तराईका केही जिल्लामा हुस्सु लाग्न थालेको छ । तर, विमान उडान र अवतरणमा समस्या हुने गरी बाक्लो हुस्सु भने लागेको छैन,” मौसमविद् दाहालले भने, “हुस्सु लाग्न थालेसँगै चिसो भने बढ्न थालेको छ ।”

Logo