काठमाडौं । हुन्डाई मोटर कम्पनीको चोङकिङ प्लान्ट चाङ्गनको दिपल अटोमोबाइल टेक्नोलोजी कम्पनी लिमिटेडले खरिद गरेको छ ।
१.८७ मिलियन वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त प्लान्ट डिसेम्वर २०२१ देखी निष्क्रिय रहँदै आएकोमा दिपलले करिब २२८ मिलियन अमेरिकी डलरमा किनेको हो । प्लान्ट निर्माणका लागि हुन्डाईले प्रारम्भिक लगानी १.०९ बिलियन अमेरिकी डलर खर्चिएको थियो । प्लान्टबाट बार्षिक ३ लाख कार उत्पादन गर्न सकिन्छ ।
दिपलले हाल नान्जिङ र बेइजिङमा प्रमुख उत्पादन सुबिधाहरु सञ्चालन गर्दै आएको छ । चोङकिङ प्लान्ट समेत थपिँदा यसको उत्पादन क्षमता विस्तार हुने अपेक्षा गरिएको छ ।
यो अधिग्रहणले नानजिङ र बेइजिङमा रहेका दिपलका हालका प्रमुख उत्पादन सुविधाहरूमा थप क्षमता जोड्नेछ, जसले यसको मूल कम्पनी चाङ्गनको बढ्दो क्षमताको मागलाई सम्बोधन गर्न मद्दत गर्नेछ। दिपल एस०५ क्रसओभरले अक्टोबरमा २०,००० भन्दा बढी विश्वव्यापी बिक्री पार गरेकाे थियाे ।
यो कदम चाङ्गन अटोमोबाइलको दीर्घकालीन क्षमता रणनीतिका लागि पनि महत्त्वपूर्ण छ, जसले २०२५ सम्ममा वार्षिक ३० लाख एकाइ र २०३० सम्ममा आफ्ना ब्रान्डहरूमा समग्र वार्षिक ५० लाख एकाइ उत्पादन गर्ने महत्त्वाकांक्षी लक्ष्य राखेको छ।































प्रतिक्रिया