एमाले महाधिवेशनः १५ पदाधिकारीमा ३० बढी आकांक्षी, कसको पक्षमा क-कसले गर्दैछन् दाबी ?

एमाले महाधिवेशनः १५ पदाधिकारीमा ३० बढी आकांक्षी, कसको पक्षमा क-कसले गर्दैछन् दाबी ?

केन्द्रबिन्दु
501
Shares

काठमाडौं । जेनजी आन्दोलन पछिको राजनीतिक घटनाक्रमलाई निरन्तरता दिनको लागि यतिबेला हरेक पार्टीमा महाधिवेशनको धमाधम तयारी चलिरहेको छ । पदका लोभले को के मा उठ्ने हो भनी तछाडमछाड नै चलेको छ । महाधिवेशनकै लागि यतिबेला नेकपा एमालेमा पनि भव्य रुपमा तयारी भैरहेको छ । पार्टी अध्यक्षदेखि नेता कार्यकर्ताहरुको प्रायः जसो बैठक चलिरहेको छ ।

मङ्सिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११औँ महाधिवेशनको तयारीबारे अझै थप प्रारम्भिक रिपोर्ट बन्दै छ । महाधिवेशनका लागि भने नेता कार्यकर्ताहलाई जिम्मेवारी बाँडफाँट गर्ने पार्टीको तयारी छ । तर नेताहरु भने पार्टीले दिएका जिम्मेवारीबाट असन्तुष्टि हुने हो कि भन्दै सबैका अगाडि महाधिवेशनका लागि एमालेले मंसिर १३ गते एकैदिन देशभरबाट प्रतिनिधि छनोट गर्ने भएको छ । महाधिवेशन सचिवालयको बैठक सुरु भएको छ । १३ वटा विभिन्न उपसमितिका संयोजकसहित बैठक समेत बसेको छ ।

अध्यक्ष पदका दावेदारका रुपमा २ जना उम्मेदवार देखिएपछि एमालेको ११ औं माधिवेशनमा प्यानलै बनाएर चुनाव लड्ने रणनीतिमा वर्तमान अध्यक्ष केपी शर्माा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल देखिन्छन् । दुईपटक पार्टी उपाध्यक्ष भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यसपटक एमालेको आन्तरिक राजनीतिमा छैनन्। उनी आसन्न ११औँ महाधिवेशनमा प्रतिस्पर्धा गर्न चाहन्थिन् तर गत साउन ५ र ६ गते बसेको केन्द्रीय कमिटी बैठकले संगठित सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि भण्डारी एमालेको राजनीतिबाट बाहिर पुगिन् र उनैको सक्रियतामा पोखरेल अध्यक्षमा उम्मेदवार बन्न पुगेका हुन् ।

नेकपा विभाजनपछि नेकपा एमालेमा एकछत्र वर्चस्व कायम राख्न सफल देखिएका अध्यक्ष ओलीलाई महाधिवेशनमा चुनौती दिने नयाँ समूहको जन्म हुने स्पष्ट संकेत देखिएको छ ।

पोखरेलले मंगलबार एक विज्ञप्ती र भिडियो सन्देश जारी गर्दै एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेसँगै पार्टीभित्र महाधिवेशनको रापताप अचानक बढ्न पुगेको देखिएको छ । यससँगै नेकपा विभाजनपछि नेकपा एमालेमा एकछत्र वर्चस्व कायम राख्न सफल देखिएका अध्यक्ष ओलीलाई चुनौती दिने नयाँ समूहको जन्म हुने स्पष्ट संकेत देखिएको छ ।

नेता पोखरेलले लामो समयसम्म ओली निकट रहेर काम गरेका थिए । त्यतिबेला पुराना र उच्च तहका अन्य कैयौँ नेताहरू ओलीसँग असहमत पक्षमा थिए । ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सक्रिय हुन नदिने निर्णय गराएर सम्भावित चुनौती रोकेका थिए । भण्डारीलाई रोकिएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल अघि सरेका हुन् । कतिपयले उनलाई भण्डारीको उम्मेदवारको रूपमा पनि हेरेको पाइन्छ । पोखरेलले ओलीलाई नै चुनौती दिने घोषणा गरेपछि नयाँ समूहको बन्ने पनि देखिन्छ । पार्टीको केन्द्रदेखि तल्लो तहसम्म ओलीको विपक्षमा रहेकाहरूको नयाँ खेमा बन्ने ढोका खुलेको छ ।

१९ सदस्यीय पदाधिकारी घटाएर १५ बनाएको एमालेमा अब १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, ७ सचिवसमेत २ सय ५१ सदस्यीय रहने व्यवस्था भए संगै महाधिवेशनमा सबै पदमा प्रतिस्पर्धा हुनेछ ।

उपाध्यक्षको दावेदारमा ओली पक्षधर र पोखरेल पक्षधरका फरक फरक उम्मेदवार रहने पक्का जस्तै छ । हालका उपाध्यहरु रामबहादुर थापा, गुरु बराल दोहोरिने तयारीमा छन । अष्टलक्ष्मी शाक्य र युराज ज्ञावाली ईश्वर पोखरेललाई अघि सार्दै सहज भए दोहोरिने नत्र विदा लिने मनसायमा छन् भने उपाध्यक्ष सुरेन्द्र पाण्डे पोखरेल पक्षबाट उपाध्यक्षमा उठ्ने तयारीमा छन् । भीम आचार्य र किरण गुरुङ पनि आकांक्षी अर्का उपाध्यक्ष बिष्णु पौडेल भने हालसम्म कतै खुलेका छैन् ।

ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सक्रिय हुन नदिने निर्णय गराएर सम्भावित चुनौती रोकेपछि वरिष्ठ उपाध्यक्ष पोखरेल अघि सरेका हुन् ।

महासचिव शंकर पोखरेल ओली अध्यक्ष र आफू महासचिवमै दोहोरिन चाहन्छन् । महासचिव पोखरेलको चाहनालाई ब्रेक लगाउँदै उपमहासचिव प्रदिप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ्ग महासचिवको दावेदारीमा छन् । गुरुङ्गलाई ओली टिमबाट महासचिव नदिए पोखरेल टिमबाट महसचिवमा उठ्न प्रस्ताव गरिएता पनि उनी के गर्ने हालसम्म मुख खोलेका छैनन् । पोखरेल समूहमा गुरुङ नआए योगेश भट्राई वा गोकर्ण विष्ट महासचिवमा उठ्ने बुझिएको छ । पोखरेल समूहमा गुरुङ महासचिव भए भट्टराई र विष्ट उपमहासचिव उठन तयार रहेको पोखरेल निकट एक नेताले बताएका छन् ।

यता ओली टिमबाट हालका उपमहासचिव बिष्णु रिमाल यथावत् रहन चाहेका छन् भने छविलाल विश्वकर्मा, पद्मा अर्याल लेखराज भट्टको पनि दावी रहेको छ । पोखरेल समूहबाट उपमहासचिवमा योगेश भट्टराई, रघुविर महासेठ, गोकर्ण विष्ट विन्दा पाण्डेले तयारी गरेका छन् ।

७ सचिवमा ओली पक्षबाट महेश बस्नेत, रामकुमारी झाँक्री, शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतम, यामलाल कँडेल, खगराज अधिकारी, राजन भट्टराई, शेरबहादुर तामाङ, हिक्मत कार्की लगायतका नेताहरुले दावि गरेका छन् । यसैगरी यता पोखरेल समूहबाट सचिवमा गोकुल बास्कोटा, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, किरण गुरुङ, अरुण पोखरेल, पुरुषोतम पौडेल, ठाकुर गैरे लगायताका नेताहरु उम्मेदवार बन्ने तयारीमा रहेका छन् ।

Logo