कुलमान घिसिङ र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

कुलमान घिसिङ र खगेन्द्र सुनारको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने भएका छन् ।

ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनारको अध्यक्षतामा गठित हाम्रो पार्टी नेपालले आगामी निर्वाचनमा एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति गरेका हुन् । उनीहरुले उज्यालो नेपाल पार्टीको चुनाव चिह्न ‘बिजुलीको चिम’ प्रयोग गर्नेछन् ।

उज्यालो नेपालका प्रवक्ता राजु थापाका अनुसार दुई दलबीच मुलुक परिवर्तनका लागि आवश्यक ऊर्जा, उत्साह र साझा दृष्टिकोण छ । यही कारण एकै चुनाव चिह्नबाट मुलुक परिवर्तनको यात्रालाई अघि बढाउने निर्णय भएको हो ।

Skip This
Skip This
Logo