बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सविरुद्ध चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रनको बलियो योगफल खडा गरेको हाे । चितवनको सुरुवात मध्यम रहे पनि मध्यक्रममा रवि बोपाराको शानदार प्रदर्शनले टोलीलाई उच्च स्कोरतर्फ डोर्‍यायो। बोपाराले मात्र ३८ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ६५ रनको विष्फोटक अविजित इनिङ खेले।

साथै सैफ जैबले ३० बलमा ३२ रन जोड्दै बोपारालाई राम्रो साथ दिए। देव खनालले २२ बलमा २८ रनको योगदान दिए।

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डी लाङ्गेले समान २२ विकेट लिए भने शुभम् रन्जानेले १ विकेट लिए।

Skip This
Skip This
Logo